आर्यन सिग्देलको अबको बाटो के त ?
अभिनेता आर्यन सिग्देल आफ्नै समकालिन साथीहरु विदेश पुग्दा पनि नेपालमा नै छन् । बरु, कहिलेकाही आफूले काम गरेका सिनेमाको शोका लागि भने उनी विदेश पुग्छन् । आर्यनलाई विदेश जान मन नलागेको हो या नमिलेको हो, उनलाई नै थाहा होला ।

तर, आर्यनलाई नेपाली फिल्ममा नै केही गर्ने सपना भने छ । यसका लागि उनले कायरा नामक सिनेमा पनि बनाए । आर्यन सिग्देलको सोच अनुसार भैराखेको भने छैन । उनी अभिनित हजार जुनी सम्म र च च हुई यो बर्ष रिलिज भएपनि चलेनन् । दुबै सिनेमाको व्यापार निकै कमजोर भयो । आर्यनको राम्रो क्रेज बनाउने सपना पुरा हुनै सकेन ।
आर्यनले नयाँ सिनेमा साइन गरेका छैनन् । दर्शकले आर्यनलाई रुचाएका छैनन् । यसैले, अब आर्यनको बाटो के त ?
For More videos Log on to Mazzako TV







