अभिनेता सौगात मल्लले अभिनय गरेका सिनेमाले व्यापार नगरेको धेरै भयो । लुटको सिरिज भन्दा बाहिर आउँदा सौगातको बक्स अफिस हिट सिनेमा कम छ । तर, पनि सौगातलाई सिनेमाको अफरमा भने कमी आएको छैन । उनको नै मुख्य भूमिका रहेको सिनेमा माछा माछा हलमा लागिसक्यो ।

यो सिनेमाले दर्शकको ध्यान तान्न नै सकेन । सिनेमा हेर्न हलमा निकै कम दर्शक गए । सौगात मल्लको टाउकोले काम गर्न छाडेको यो भन्दा बलियो उदाहरण के होला ? तर, नेपालमा कलाकारको अभाव भएर हो या किन, सौगात मल्लको सिनेमा नचल्दा पनि उनलाई अफर भने कम छैन । उनको समय मिलाउन नै निर्मातालाई धौ धौ परिरहेको छ ।

दर्शक सौगातकै नामबाट हलसम्म पुग्दैनन् । तर, सौगातले सिनेमा भने गरिरहेका छन् । उनी ‘सँग सँगै’ सिनेमामा चाडै नै काम गर्दैछन् । यो अघि उनले केही सिनेमाको काम भ्याउँदैछन् । सिनेमा नचलेपनि सौगातको सेड्यूल मिलाउन भने निर्मातालाई नै समस्या छ ।

For More videos Log on to Mazzako TV