फागुन २ गतेबाट प्रदर्शन हुने फिल्मे ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘छम छम’ बोलको गीतमा सार्वजनिक गरिएको हो । सौरभ चौधरी निर्देशित फिल्मको सार्वजनिक गीतमा अभिनेता सुशील र नव अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् ।

चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ, भने गीतको केही पार्टमा चर्चित बाल गायिका कमला घिमिरेल स्वर दिएकी छिन् । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको फिल्ममा सरोज तुलाधर निर्माताको रुपमा छन् ।

For More videos Log on to Mazzako TV