केही बर्ष अघि अमेरिका पुगेकी अभिनेत्री विनिता बराल आमा बनेकी छिन् । उनले, अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । विनिताका अनुसार, उनी र छोरीको स्वास्थ्य अवस्था राम्रो छ । उनले छोरीको नाम काया राखेकी छिन् । विनिताले अमेरिकामा नै रहेका तिलक पौडेलसँग बिहे गरेकी थिइन् ।

तिलक र बिनिताको बिहे भएको केही महिना मात्र भयो । उनीहरुको प्रेम सम्बन्ध पनि चर्चामा थियो । बिनिता बरालले फिल्म चपली हाइटमा काम गरेपछि उनको छवि नेपाली फिल्ममा हट एन्ड सेक्सी अभिनेत्रीको रुपमा थियो । तर, यसपछि उनका सिनेमा सबै असफल भए । यसपछि उनी अमेरिका हानिएकी हुन् । विनितालाई हार्दिक वधाई ।

For More videos Log on to Mazzako TV