प्रियंका इन्स्टाग्राममा हिट, फिल्ममा असफल
अभिनेत्री प्रियंका कार्कीलाई सामाजिक संजालमा हिट भए जस्तै फिल्ममा पनि हिट हुन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्न सक्छ । तर, सबै प्रियंकाले सोचेजस्तो पनि हुने कुरा भएन । प्रियंकाको हातमा सिनेमा छैन । फिल्म रिलिज भएपनि आएर गएको पत्तो हुँदैन ।
तर, उनलाई सामाजिक संजाल इन्स्टाग्राममा पछ्याउनेको संख्या भने अधिक छ । प्रियंकालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ९ लाख कटेको छ । नेपाली कलाकारको यो खालको क्रेज आफैमा सफल मान्नुपर्छ । प्रियंकाले पनि ९ लाख फलोअर्स पुगेपछि धन्यवाद दिएकी छिन् ।
तर, इन्स्टाग्राममा मात्र उनलाई पछ्याउनेको संख्या धेरै भयो, हलमा त सुनसान नै छ ।









