फिल्म भन्दा प्रेमिकाको बारेमा बढी सोच्छन् सलिनमान
अभिनेता सलिनमान बनियाँले नयाँ फिल्म साइन गरेका छैनन् । ए मेरो हजुर २ र यात्रा सिनेमामा काम गरेपछि सलिनमानले ग्याप लिएका छन् । फिल्म रिलिज भएको करिब ९ महिना वितिसक्दा पनि सलिनमानले नयाँ फिल्म साइन गर्न नसकेका हुन् ।

सलिनमान बनियाँ अस्प्रिनाको प्रेममा छन् । उनले केही बर्ष अगाडि नै अस्प्रिनासँगको प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । सलिमानले सामाजिक संजालमा फेरि अस्प्रिनासँगको तस्वीर सार्वजनिक गरेका छन् । उनले अस्प्रिना आफ्नो जिन्दगी र सबैथोक भएको पनि लेखेका छन् ।
यसबाट पनि वुझिन्छ, उनी प्रेमको गहिराइमा कती डुबेका छन् । प्रेममा डुब्दा डुब्दै सिनेमाको करिअर भने नविर्सनु नी सलिनमान जी ।








