बिहिबार सार्वजनिक भएको फिल्म आमाको ट्रेलरले दर्शकको उच्च साथ पाएको छ । नेपाली फिल्मका कमै मात्र ट्रेलरले दर्शकलाई प्रभावित बनाउन सक्छन् । आमाको ट्रेलरमा आएका प्रतिक्रियाले पनि यो कुराको पुष्टी गर्दछ ।

आमाको ट्रेलर सार्वजनिक भएको करिब ७ घन्टामा नै युटुबको ट्रेन्डिङमा आएको थियो । दर्शकले यो सिनेमाको ट्रेलर हेरेर आँशु थाम्न नसकेको प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले नेपाली फिल्मको कुनै ट्रेलर हेरेर सन्तुष्टी मिलेको समेत लेखेको छन् ।

यसले सिनेमाप्रतिको उत्साह अझै बढाएको छ । फागुणको ९ गतेबाट रिलिज हुने यो फिल्मलाई दीपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV