किन रोइन् सुरक्षा ?
अभिनेत्री सुरक्षा पन्तको फिल्म आमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दा बोल्दै आँखा रसाए । उनी बोल्दा बोल्दै भक्कानिइन् र रोइन् । यो फिल्ममा उनले कपाल मुन्डन गरेकी छिन् । कपाल मुन्डन गर्ने क्रममा भएको एक घटना संझिएर उनी भावुक भएकी हुन् ।
सुरक्षाले आफूले कपाल मुन्डन गर्दा निकै गाह्रो भएको बताइन् । तर, स्थानिय एक व्यक्तिले आएर मायाले कपाल मुन्डन गरिदिएको उनले सुनाइन् । यसो भन्दै गर्दा उनी रोइसकेकी थिइन् ।
आफ्नो कपाल मुन्डन गरिसकेपछि ती व्यक्तिले फिल्ममा काम गर्न सजिलो रहेनछ, यस्तो पनि गर्नुपर्ने रहेछ है भन्दै प्रतिक्रिया दिएपछि आफूलाई कलाकार भएकोमा गर्व लागेको उनले बताइन् ।
आफूले पाएको सोही प्रतिक्रिया कामका लागि विशेष भएको उनले सुनाइन् । सुरक्षाले अभिनय गरेको फिल्म आमा फागुणको ९ गतेबा रिलिज हुँदैछ ।









