अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु २ को तिम्रो घरको वरिपरी गीतले युटुबको नम्बर १ ट्रेन्डिङ कब्जा गरेको छ ।

बुढासुब्बा डिजिटलको च्यानलबाट अपलोड भएको यो गीतले आइतबारदेखि नम्बर १ मा स्थान जमाएको हो । यो गीतलाई दर्शकले खुबै रुचाएका छन् । सुदर्शन थापा निर्देशित यो फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका छ ।

फिल्म म यस्तो गीत गाउँछु २ फागुणको २३ गतेबाट रिलिज हुँदैछ । केही दिनदेखि बुढासुब्बाको च्यानल ह्याक भएको छ । अर्कै नाममा च्यानल रहेपनि गीतले भने दर्शकको मन जितेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

For More videos Log on to Mazzako TV