कमेडी जनरामा निर्माण गरिएको फिल्म ‘लक्का जवान’ को रिलिज मिति हेरफेर भएको छ । यसअघि चैत्र ७ गते सार्वजनिक प्रर्दशन गरिने भनेर बताईएको यो सिनेमा सरेर चैत्र २१ गते रिलिज गरिने बताइएको छ । प्रेम गीत ३ र चपली हाईट ३ रिलिज हुनुभन्दा एक हप्ता अगाडी सिनेमा रिलिज हुनेछ । फिल्मलाई ‘प्वाक्क मुखमा हान्नु जस्तो’ शिवहरी पौडेलल निर्देशने गरेका हुन् ।

निर्देशक शिवहरी पौडेलका अनुसार चलचित्रका वितरकसँगको छलफलबाटै सिनेमाको रिलिज मिति हेरफेर गरिएको हो । लक्का जवानमा दिपिल रायमाझी, प्रियंका कार्की, बर्षा शिवाकोटी, राजाराम पौडेल, किरण केसी, सलोन बस्नेत लगायत छन् । लगातार सिनेमा फ्लप भईरहेका बर्षा शिवाकोटी र प्रियंका कार्कीलाई यो सिनेमाले राहत देला त ?? हेर्न बाँकी छ ।

उसो त दिलिप रायमाझीका लागि पनि यो सिनेमा चल्नु निकै जरुरी देखिन्छ । पछिल्लो समय दिपिलका सिनेमा हलमा लागेको र उत्रेको दर्शकले पत्तो समेत पाउन छाडेका छन्, अब आशा गरौं यो सिनेमा लक्का जावनले भने दिलिपको पुरानै क्रेजलाई ब्याक गराओस् ।

पाका उमेरका मानिसहरुको कथा भन्ने यो सिनेमा लक्का जवानलाई आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा बनाईएको छ । सामाजिक कथाबस्तुलाई रमाईलो कमेडी शैलीमा सिनेमामा प्रस्तुत गरिएको भनेर निर्देशक शिवहरी पौडेलले जानकारी गराएका छन् ।

For More videos Log on to Mazzako TV