अभिनेता पुष्प खड्का फिल्म चालबाज साइन गरेका छन् । उनले, बिहिबार यो फिल्म खेल्ने निर्णय गरेका हुन् । यो फिल्मको अहिले दार्जिलिङमा छायांकन भैरहेको छ । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनले यो फिल्म बनाइरहेका छन् ।

कमेडी कथामा निर्माण भैरहेको यो फिल्ममा अभिनेत्री केकी अधिकारी, वुद्दि तामाङसंगै पष्पले काम गर्ने पक्का भएको छ । पुष्पले केही दिनमा नै फिल्मको छायांकन सुरु गर्ने बताएका छन् । अरुण तामाङको लगानीमा बनिरहेको यो फिल्मलाई कैलाश राइले निर्देशन गरिरहेका छन् ।

यो फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । दाल भात तरकारी र मारुनी रिलिजपछि पुष्पले नयाँ फिल्म साइन गरेका थिएनन् ।

For More videos Log on to Mazzako TV