ऋचाको हनिमुन कहाँ ?
अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम रानासँग बिहे गरिन् । उनको बिहेको पार्टी भने बिहिबार बेलुकी आयोजना गरिएको छ । सिनेमाकर्मीका लागि आयोजित पार्टीमा विभिन्न कलाकार पुगे । बिहेको पार्टीमा केक काट्दै ऋचा र दिपेक्षले हनिमुनको योजना सुनाएका छन् ।

ऋचाका अनुसार, उनीहरु दुबैलाई रारा र मनाङ जान मन लागेको छ । यसैले, उनीहरु चाडै नै रारा र मनाङ जान चाहन्छन् । ऋचाले छोटो अवधीका लागि हनिुमन नजाने बताइन् । बरु, लामै समय लिएर आफूहरु हनिमुन मनाउन जाने उनले बताएकी छिन् ।
दिपेक्षले पनि हनिमुनका लागि विदेश नै जानुपर्छ भन्ने आफूलाई नलागेको बताए । उनले, नेपालकै विभिन्न स्थानमा घुमेर ती स्थानको प्रमोट गर्न सकिने बताए । यसको सुरुवात आफूहरुले गर्ने उनको भनाई छ ।








