अनमोलको मुल्यवान हुने रहर
अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । अमेरिकामा आयोजना भएको फिल्म क्याप्टेनको विशेष शोमा सहभागी हुन उनी अमेरिकामा नै रहेका हुन् ।

उनै, अनमोलले मुल्यवान हुन आवश्यक रहेको लेखेका छन् । अनमोल अमेरिका पुगेछि फेसबुकमा बढी सक्रिय देखिएका छन् । फेसबुकमा सक्रिय रहेका अनमोलले सफल हुनका लागि प्रयास नगर्नुहोस्, बरु मुल्यवान हुनुहोस् भनेर लेखेका छन् ।
यसको अर्थ, के हो भने अनमोल मुल्यवान हुन चाहन्छन् । हुनत, नेपाली फिल्ममा अहिले अभिनेता केसीको पारिश्रमिक सबैभन्दा बढी छ । उनी, नेपाली फिल्ममा माग भएका अभिनेता पनि हुन् । यसैले पनि अभिनेता केसीले सफल हुन भन्दा मुल्यवान हुनका लागि प्रयास आवश्यक रहेको भनेर लेखेको हुनुपर्छ ।
For More videos Log on to Mazzako TV







