अभिनेता सलिनमान बनियाँले फिल्म यात्रापछि नयाँ फिल्ममा काम गरेका छैनन् । यात्रा रिलिज भएको ८ महिना वितिसक्दा पनि सलिनले फिल्म गर्ने सुरसार गरेका छैनन् । सलिनका लागि नेपाली फिल्मका राम्रा निर्माताले पनि फिल्मको अफर गरेका थिए । तर, सलिनले कथा मन नपरेको भन्दै काम गरेनन् ।

अभिनेता सलिनमान आफूलाई राम्रो कथाको खोजी भएको बताउँछन् । उनका अनुसार, मन छुने कथा नआएसम्म काम गर्ने उनको मुड छैन । यसैले पनि राम्रो कथाको खोजीमा रहेको सलिन बताउँछन् ।
सलिनमान बनियाँले ए मेरो हजुर २ र यात्रामा काम गरेका छन् । जसमा ए मेरो हजुर २ चल्यो । तर, पनि सलिनको क्रेज भने दर्शकमाझ राम्रो छ । यात्रामा उनले गरेको अभिनय र द्धन्द्धलाई दर्शकले रुचाएका थिए ।

For More videos Log on to Mazzako TV