अभिनेत्री निकिता चण्डक फिल्म साङ्लो मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । यो फिल्म माघको २४ गतेबाट रिलिज हुँदैछ । फिल्म साङ्लोको ‘चरीले काफल टिप्यो’ बोलको गीत पनि रिलिज भएको छ । यो गीतको भिडियो हेरेपछि दर्शकले सबैभन्दा बढी तारिफ निकिताको गरेका छन् ।

नेपाली फिल्ममा पूर्व मिस नेपाल कसैको पनि उपस्थिती राम्रो छैन । अधिकांश मिस नेपाल असफल छन् । निकिता पनि यही सूचीमा पर्ने हुन् कि भन्ने चर्चा हुन्छ । निकिता यो कुरामा सजग पनि देखिएक िछिन् । उनै, निकितालाई दर्शकले गीतमा हेरेपछि भने मिहिनेत गरेर काम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

यसले निकितालाई खुशी बनायो होला नै । तर, पुरा फिल्ममा उनको भूमिका कस्तो छ र उनले कस्तो काम गरेकी छिन् भन्ने अहिले नै भन्न सकिदैन । निकिताले गीतबाट भने तारिफ पाएकी छिन् ।

For More videos Log on to Mazzako TV