पल र निराजनले दीपिकासँग रोमान्स गर्ने
दिवाकर भट्टराइको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’का लागि कलाकार फाइनल भएका छन् ।
अहिले दिवाकर पत्नी दीपिका प्रसाँईसँग अमेरिकामा छन् । उनी अमेरिका जानु अगाडि नै कलाकार फाइनल गरेर गएको वुझिएको छ ।

यो फिल्ममा अभिनेता पल शाह र मोडल निराजन प्रधानले काम गर्ने भएका छन् । पल अहिले फिल्म ‘हृदयभरी’को छायांकन गरिरहेका छन् । निराजन भने म्यूजिक भिडियोमा बढी व्यस्त छन् ।

फागुणबाट सिनेमाको छायांकन सुरु हुनेछ । पल र दीपिकाको जोडी पहिलो पटक फिल्ममा देखिन लागेको हो । ‘ऐश्वर्य’, ‘क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरेर दिवाकर चर्चामा छन् ।








