प्रेम परियार र समिक्षा बस्नेतको जोडी, ‘पर्खि बस फर्की आउँछु’
दाङ जिल्लाको तुलसीपुरमा चलचित्र ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो । चलचित्रको छायांकन आज बाट नै दाङ मा सुरु गरिएको छ । पुर्व उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रि दिपक गिरिको प्रमुख आतिथ्यतामा चलचित्रको मुहर्त सम्पन्न गरिएको हो । चलचित्रका मुख्य कलाकार प्रेम परियार,समिक्षा बस्नेत र देव सागरले मुहर्त शर्ट दिए।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो। चलचित्रमा प्रेम परियार,समिक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ।

एउटी अपांग केटिको टिन एजमा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने लेखक तथा निर्देशक राज बहादुर सानेले बताए। चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ। चलचित्रमा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायांकन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।
कार्यक्रममा बोल्दै गायनमा सफल बनेका प्रेम परियारले सानै देखि चलचित्रमा देखिने रुचि रहेको र चलचित्र ‘पर्खि बसे फर्की आउनेछु’को कथा मन परेकोले आफुले काम गरेको बताए । पहिलो पटक चलचित्रमा देखिन लागेकी समिक्षा बस्नेतले आफुलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपांग व्यक्तिले भोग्नु परेको दुख पिडालाइ देख्दा र सुन्दा उनीहरुको पिडालाइ अभिनय मार्फत महसुश गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
For More videos Log on to Mazzako TV







