चैत्र २८ मा प्रेमगीत ३ रिलिज हुने पक्का छ । यो फिल्मले लामो समयदेखि यो मितिलाई प्रदर्शनको दिन तोकेर काम गरिरहेको छ । तर, अब भने यो मितिमा प्रेमगीत ३ एकल रिलिज हुने छैन । यो मितिमा फिल्म चपली हाइट ३ रिलिज हुने भएको छ ।

चपली हाइट ३ रिलिज हुने भएपछि प्रेमगीत ३ को सोलो रिलिजको आशा सकिएको छ । के चपली हाइट ३ प्रेमगीत ३ का लागि थ्रेट होला त ? किनभने, प्रेमगीत ३ पनि एउटा ब्रान्ड फिल्म हो । व्यापारिक रुपमा यसका अघिल्ला सिरिज दर्शक तान्न सफल छन् ।

चपली हाइट पनि एउटा ब्रान्ड सिरिज हो । निर्माता अर्जुन कुमार त यो फिल्मलाई खाली चेक नै बताउँछन् । यसैले पनि प्रेमगीतका लागि चपली हाइट ३ थ्रेट बनेको छ ।

For More videos Log on to Mazzako TV