मिरुना फेरि असफल
अभिनेत्री मिरुना मगर अभिनित चौथो फिल्म पनि असफल भएको छ । यसले उनलाई संचारमाध्यमले लगाउँदै आएको असफल हिरोइनको ट्याग पुष्टी भएको छ । असफलसँगै उनी अनलक्की पनि देखिएकी छिन् । उनले फिल्म त पाइरहेकी छिन् ।

तर, उनी अभिनित फिल्मको व्यापार भने कमजोर छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म च च हुई बक्स अफिसमा चिप्लियो । यो फिल्म पनि नचलेपछि मिरुनालाई समस्या देखिएको छ । किनकी, एकपछि अर्को फिल्म असफल हुँदा कलाकारलाई समस्या पर्छ ।
मिरुनाले आफूले फिल्म पाइरहेको भन्दै आफू सुपरलक्की भएको बताएकी छिन् । तर, मिरुनाले काम गरेका लालपूर्जा, रोज, साइनो, च च हुई सबै असफल भएका छन् ।








