फिल्म म यस्तो गीत गाउँछु २ को छायांकन सकिएको छ । यो फिल्मको छायांकन करिब ६० दिनपछि सकिएको हो । फिल्मको क्लाइमेक्सको छायांकन आज द भ्वाइसको स्टूडियोमा गरिएको हो । यसैविच, यो फिल्मको एउटा गीतमा द भ्वाइसका प्रतिस्पर्धी सनिश श्रेष्ठले पनि आवाज दिने भएका छन् ।

फिल्मका निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा, अभिनेता पल शाह र संगीतकार अर्जुन पोखरेलको उपस्थितीमा सनिशले गीत गाउन लागेको जानकारी दिइयो । सनिश अहिले कोच राजुको टिममा छन् । फिल्ममा आफूलाई सबैभन्दा मनपर्ने गीत सनिशले गाउन लागेको संगीतकार पोखरेलले बताए । यो फिल्म फागुणको २३ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV