आर्यनलाई क्रेज फर्काउनै समस्या
अभिनेता आर्यन सिग्देल अभिनित फिल्म च च हुई हलमा रिलिज भैरहेको छ । तर, यो फिल्मको व्यापार पनि राम्रो छैन । फिल्म हेर्न शुक्रबार र शनिबार नै दर्शकको उपस्थिती कमजोर देखियो । मल्टिप्लेक्स हलमा त फिल्मको व्यापार झनै खराब छ ।

अभिनेता आर्यनको अभिनय रहेको फिल्म हजार जुनी सम्म पनि यही बर्ष नै रिलिज भएको थियो । यो फिल्ममा भने अभिनेता सिग्देलले आफूलाई पाको उमेरको प्रेमीको भूमिकामा देखाएका थिए । अभिनेता सिग्देलको चकलेटी लभर ब्वाइको भूमिका दर्शकले केही बर्ष अगाडि सम्म रुचाएका थिए । तर, अभिनेता सिग्देलले भने अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरेर चिप्लिरहेका छन् ।
कतै, दर्शकले आर्यनको त्यही पुरानो रुप नै खोजेका हुन् । कहिले पाको उमेर, कहिले कमेडी । अब, एक पटक फेरि लभर ब्वाइमै फर्किने हो कि आर्यनजी ?








