वर्षालाई किन चित्त वुझिरहेको छैन स्क्रिप्ट ?
अभिनेत्री वर्षा राउतको यो बर्ष दाल भात तरकारी र जात्रै जात्रा रिलिज भए । गतबर्ष उनलाई गोपी र चौका दाउले तर्साएका थिए । यो बर्ष उनलाई जात्रै जात्राले हिट त बनायो, तर फिल्मको सबै क्रेडिट उनलाइ जादैन ।

वर्षाले निरन्तर सिनेमामा काम गरेको अवस्था थियो । तर, अहिले उनी ब्रेक चाहिरहेकी छिन् । वर्षा आफैले पनि स्क्रिप्ट राम्रो नभएसम्म फिल्म नखेल्ने बताइसकेकी छिन् । वर्षालाई फिल्म असफलताको डर छ । जात्रै जात्रा हिट भएपछि अब असफल हुँदा गाह्रो पर्ने उनको वुझाई छ । हुनत, यो बर्ष राम्रा भनिएका अभिनेत्रीकै फिल्म चलेको छैन ।
स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको अवस्था पनि कमजोर बनेको छ । यस्तो अवस्थामा वर्षाले अझै सोचेर फिल्म साइन गरे बेस ।








