मन परेसी पर्यो पर्यो साइन गरेको छैनः पूजा
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ दर्शकमाझ रुचाइएको जोडी हो । एकपछि अर्को फिल्ममा उनीहरुले काम गरिरहेका छन् । पूजा र आकाशको काम गराइको लाइनअप लामो छ । उनीहरु अभिनित रामकहानी र पोई पर्यो काले रिलिज भैसकेका छन् । सम्हालिन्छ कहिले मन रिलिजको तयारीमा छ ।

अब, पूजा र आकाश संझना विर्सनाको छायांकनको तयारीमा छन् । यही बेलामा उनीहरुलाई मन परेसी पर्यो पर्योबाट अफर आएको छ । पूजाले फिल्म नै साइन गरिसकेको खबर पनि सार्वजनिक भैसकेको छ । तर, पूजाले यो फिल्म खेल्नका लागि आफूले संझौता नगरेको बताएकी छिन् । फिल्म अफर आएको स्विकार गर्दै पूजाले संझौता नगरेकाले केही भन्न नसकिने बताएकी छिन् ।








