सुमीका लागि सरौतो च्यालेन्ज
हरि हुमागाँइको निर्देशनमा बनेको फिल्म सरौतो मंसिरको १३ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा मुख्य अभिनेत्रीको रुपमा सुमी मोक्तानले काम गरेकी छिन् । सुमीका लागि यो फिल्म विशेष छ । केही फिल्ममा सह कलाकारको रुपमा काम गरेपनि सुमीले यो फिल्ममा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी छिन् ।

सरौतोका लागि सुमीले २ बर्ष त एक्सन नै सिकेकी थिइन् । यतिमात्र होइन, उनले फिल्ममा नबोल्ने अभिनयका लागि ७ महिना तालिम नै लिएकी थिइन् । यति धेरै मेहेनत गरेको फिल्म चलेको खण्डमा सुमीलाई पनि राहत मिल्नेछ । नेपाली फिल्ममा अभिनेत्रीहरुले पनि अब फरक खालका भूमिका निर्वाहा गर्नुपर्ने बताउने सुमी सामान्य भूमिकामा आफू फिट नहुने तर्क पेश गर्छिन् ।
सरौतो फिल्मका लागि मेहेनत गरेको र अहिले ट्रेलर हेरेपछि दर्शकले दिएको पं्रतिक्रियाले खुशी लागेको उनी बताउँछिन् ।








