मंगलबार मात्र रिलिज भएको फिल्म सेल्फी किंगको पोष्टरलाई चोरीको आरोप लागेको छ । यो फिल्मलाई हलिउड फिल्म जोकरको पोष्टरबाट चोरिएको आरोप लागेको हो । अभिनेता विपिन कार्कीको मात्र लुक्स सार्वजनिक गर्दै यसको पोष्टर बजारमा ल्याइएको थियो ।

तर, विपिनको लुक्स जोकर फिल्मका कलाकारको लुक्ससँग मिलेको भन्दै चर्को आलोचना पनि भैरहेको छ । थुप्रै ट्रोल समुहले यसको मजाक पनि बनाएका छन् । सुभाष थापा र दिनेश राउतको निर्माणमा बनेको यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

निर्देशक राउतले भने फिल्ममा विपिन कार्की एउटा कमेडी कलाकारकै भूमिकामा रहेको बताएका छन् । यो फिल्म माघको २४ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV