२५ बर्षमा लागिन् साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह २५ बर्षमा लागेकी छिन् । उनी नोभेम्बर १८ मा जन्मिएकी हुन् । साम्राज्ञीले आफ्नो जन्मदिन साथीभाई, आफन्त र प्रेमीसँग मनाएकी छिन् । उनलाई उनकी आमा नेहा आरएल शाह र प्रेमी देवांश राणाले मध्यरातमा नै केक काटेर शुभकामना दिएका थिए ।

साम्राज्ञी अहिले २ फिल्म रिलिजपश्चात घुमफिर र परिवारसँग नै समय बिताइरहेकी छिन् । उनी अभिनित मारुनी र रातो टिका निधारमा यो बर्ष रिलिज भएका थिए । दुबै फिल्मको व्यापार गतिलो भएन । यसैले पनि साम्राज्ञीले अब सोचेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ ।
साम्राज्ञी तत्काल नयाँ फिल्ममा काम गर्ने मुडमा छैनन् । उनले, हेमराज वीसीको निर्देशनमा बन्ने भनिएको फिल्म भने साइन गरेर बसेकी छिन् । साम्राज्ञीको पुरानो अन्तरर्वाता :








