अभिनेता अनमोल केसीले सन् २०२० का लागि आफ्ना अपकमिङ फिल्म घोषणा गरेका छन् । यसमा, उनले साइन गरिसकेको भनिएको फिल्म धुपौरे भने छैन । अभिनेता केसीले आफ्नो लाइनअपमा भर्खरै मात्र साइन गरेको फिल्म ए मेरो हजुर ४ लाई समावेश गरेका छन् ।

ए मेरो हजुर ४ छायांकनमा जाने तयारीमा छ । यसपछि, अनमोलले आफ्नै घरको फिल्म एन्टी हिरोलाई लाइनअपमा राखेका छन् । एन्टी हिरोको बिषयमा अरु केही पनि फाइनल गरिएको छैन । यसरी हेर्दा, अनमोलको फिल्म लिस्टबाट धुपौरे हटेको देखिन्छ ।

अनमोलले अब यो फिल्म काम नगर्ने हुन् या सन् २०२० मा यो फिल्म रिलिज हुन नसक्ने भएकाले उनले समावेश नगरेका हुन्, यो भने उनले नै जान्ने कुरा भयो ।

For More videos Log on to Mazzako TV