अभिनेत्री मिरुना मगरलाई अहिले एउटा प्रश्नले टाउको दुखाउँछ । उनको टाउको दुखाइको बिषय बनेको प्रश्न हो, ‘अनलक्की’ हिरोइन ।

मिरुनाले आफू ‘अनलक्की’ नभएको र ‘सुपरलक्की’ भएको भनेर तर्क गर्न थालेकी छिन् । मिरुनाको यो तर्क संचारमाध्यमले उनलाई अनलक्कीको ट्याग भिराएपछि सुरु भएको हो ।

तर, मिरुनाले आफूलाई सुपरलक्की भन्नुको कारण धेरै फिल्म पाउनु हो । धेरै फिल्म पाउँदा आफू लक्की भएको उनको कुरा छ । फिल्म हेरेका दर्शकले आफूलाई मन पराएको दाबी मिरुनाको छ ।

तर, फिल्म पाउनु मात्र लक्की हुनु होइन । किनकी, फिल्म धेरै दर्शकले हेर्दा बल्ल कामको मुल्यांकन पनि ठूलो समुहले गर्छ । थोरै दर्शकले फिल्म हेर्दा न त कामको मुल्यांकन हुन्छ न त निर्माता नै सुरक्षित हुन्छन् । निर्माता नै सुरक्षित हुन नसक्दा लक्की कसरी भइन्छ र ?
फिल्म पाउनु मात्र लक्की हो भन्न थाल्ने हो भने फेरि यसले नै गाह्रो बनाउला मिरुना जी ।

For More videos Log on to Mazzako TV