‘मिस्टर नेपाली’को व्यापार के होला ?
अभिनेता भूवन केसीलाई दर्शकले भिलेन अवतारमा देख्न पाउने फिल्म ‘मिस्टर नेपाली’ आजबाट रिलिज भएको छ । देव भुषालको निर्देशनमा बनेको यो फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । फिल्मको आजको व्यापार औषत छ । फिल्मले विदेशमा बसेपनि नेपाली मन नेपाली नै हो भन्ने कथा देखाएको छ ।

विदेशमा बस्ने वित्तिकै नेपाली माया हराउँछ भनेर सोच्नु गलत भएको कथा फिल्मले भन्छ । फिल्मको प्रेस शो समेत आयोजना गरिएको छ । फिल्म हेर्नेले यसको कथावस्तु मन पराएका छन् ।








