दीपक अभिनेता दीपकराज गिरीले छ माया छपक्कै यो बर्षको सर्वाधिक ग्रस कमाई गर्ने फिल्म भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले विभिन्न अवरोधका वावजुत पनि फिल्म यो बर्षकै सर्वाधिक कमाई गर्ने फिल्म बनेको बताएका हुन् ।

दीपकले छ माया छपक्कैको ग्रस कलेक्शन भने खुलाएका छैनन् । दीपकले आफूहरुको सिनेमालाई असफल बनाउनका लागि हिन्दी सिनेमा ल्याएर वितरण गर्ने वितरकहरुविरुद्ध पनि आक्रोश पोखेका छन् ।

उने, विदेशी सिनेमाको दाल भात खाएर नेपाली फिल्मलाई चेपुवामा पार्न खोज्नेहरुप्रति पनि लडाई लड्ने उद्घोष गरेका छन् । दीपेन्द्र लामा निर्देशित यो फिल्म असोज २४ गतेबाट रिलिज भएको थियो ।

For More videos Log on to Mazzako TV