‘हिजो आजका कुरा’ छायांकनमा
सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’ को शुभ मुर्हुत गर्दै छायांकन सुरु गरिएको छ । बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ साइत गर्दै छायांकन सुरु गरिएको हो । फिल्मलाई सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दैछन् । फिल्मको ३५ दिने छायांकनको सेड्युल रहेको साकारले बताए ।

फिल्मको काठमाडौंबाट छायांकन सुरु हनेछ । फिल्म युनिट काठमाण्डौँमा केही दिनको छायांकनपछि चितवन जाने छ । फिल्मको मुर्हुतमा सन्तोष पन्त, रमा थपलिया, लक्ष्मि भुषाल र रिमा विश्वकर्मा उपस्थित थिए ।
यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, दिव्यदेव पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारी लगायतको अभिनय रहने छ ।
‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप किस्नाले गरेका छन् ।








