फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक (भिडियो)
फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । लाइट कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो मंसिरको २७ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएलाइ देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशित फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानी रहेको छ । फिल्मको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको फिल्मलाई समिर श्रेष्ठले सम्पादन गरेका छन् ।








