अभिनेता निश्चल बस्नेत सफल निर्देशक हुन् । तर, उनी अहिले सफल कलाकार पनि बन्ने बाटोमा छन् । तर, उनलाई यो कुरामा भने समस्या भैरहेको छ । दर्शकले निश्चलको निर्देशन नै हेर्न चाहेको देखिन्छ । निश्चल अभिनित फिल्म घामड शेरेर हलमा लागेर पनि दर्शक नआउनुको पछि यो कारण पनि एक हो ।

निश्चलले निर्देशन गरेका सिनेमा हलमा लाग्दा दर्शक आउथ्ये । तर, उनले अभिनय गरेको फिल्म हलमा लाग्दा नआउनुको कारण के त ? निश्चलले पनि सोच्नुपर्ने अवस्था आएको छ । निश्चल लुट, टलकजंग भर्सेस टुल्के, लुट २ जस्तो हिट फिल्मका निर्देशक हुन् ।

यसैले पनि निश्चललाई घामड शेरे असफल हुँदा निर्देशनमा नै फर्किने दबाब बढेको छ । तर, उनी यसपछि अभिनेत्री स्वस्तिमा खड्कासँग फिल्म दिमाग खराबमा काम गर्दैछन् ।

For More videos Log on to Mazzako TV