सकियो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’

कात्तिकको २१ गतेदेखि २३ गतेसम्म विरगञ्जमा आयोजना भएको नेपाली चलचित्र स्वर्णिम महोत्सव सकिएको छ । शनिबार समापन कार्यक्रम र सांकृतिक कार्यक्रम आयोजना गरियो ।

नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको ३ दिने महोत्सवमा सांकृतिक कार्यक्रम, फिल्म प्रदर्शन आयोजना भएका थिए । महोत्सवले नेपाली फिल्मलाई फाइदा दिने विश्वास निर्माता संघका अध्यक्ष आकाश अधिकारीको छ ।
१ करोड भन्दा बढी खर्च, ३ सय बढी कलाकारलाई विरगञ्ज लगेर निर्माता संघले महोत्सव आयोजना गरेको हो । सातै प्रदेशमा महोत्सव आयोजना गर्ने योजना निर्माता संघको छ ।








