तारिफ पाउँदै सरौताको गीत ट्रेण्डिङमा
चर्चित र्यापर समिर घिसिङ (भिटेन) ले गाएको फिल्म ‘सरौतो’ को प्रमोशनल गीतले सार्वजनिक भएको छोटो समयमा मज्जाको प्रतिक्रिया पाएको छ । गीत अहिले नेपालको ट्रेण्डिङको सुचिमा पर्न सफल भएको छ । सार्वजनिक गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । गीतमा भिटेनसंगै सुमी मोक्तान र सन्नी सिंह पनि प्रस्तुत छन् ।
गीतलाई फिल्मकै निर्देशक हरी हुमागाईंले यसलाई तयार गरेका हुन् । भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् । हरी हुमागाँईले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्युगरेका हुन् । सरौतोमा सिुमी, सन्नीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामांग लगायतको अभिनय रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् ।









