संचारकर्मी कुमार आचार्यको निर्देशनमा नयाँ भिडियो सार्बजनिक
गायक प्रमोद खरेलको स्वरमा तयार भएको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायामा‘’ को भिडियो सार्वजनिक भएको छ । रुपेश मास्केका शब्द तथा संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोलाई संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन् ।

रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नमराज सिलवाल, कविता राय यादव तथा टेलिभिजनकर्मी कुमार आचार्यले अभिनय गरेका छन् ।








