अमेरिकाका विभिन्न शहरमा फिल्म मिस्टर नेपाली रिलिज हुने भएको छ । कात्तिक २९ गतेबाट भने यो फिल्म नेपालमा रिलिज हुँदैछ । मिस्टर नेपाल नेपालमा रिलिज हुनु भन्दा अगाडि नै अमेरिकामा रिलिज हुनेछ । नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो ।

हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ । यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ ।

अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV