फिल्म ‘जस्मिन’ को फस्टलूक पोस्टर रिलिज भएको छ । प्रेमकथानक फिल्मको पोस्टरमा अभिनेता आर्यन अधिकारी प्रस्तुत छन् । एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा आधारित फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्वार्थ सहयोग गर्छ भन्ने, फिल्मको केन्द्रिय द्वन्द्व हो ।

फिल्ममा आर्यनसंगै अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यहि फिल्मबाट अभिनय डेब्यु गरेकी छन् ।

मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन, कोसिस क्षेत्री, कल्याण सिंह, एलिश कार्की, किरण घिमिरेको संगीत छ ।
फिल्मको ७५ प्रतिशत छायाँकन नेपालमा सकिएको छ । बाँकी २५ प्रतिशत फिल्म सुसन प्रजापतिले चाइनामा खिच्नेछन् ।

For More videos Log on to Mazzako TV