आज शुत्रबार फ्राईडे रिलिज अन्तर्गत आजबाट फिल्म ‘पोई पर्याे काले’ प्रदर्शनमा आएको छ । सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको फिल्मले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको फिल्ममा निर्देशक शिशिर राणाकै कथा रहेको छ । यहि मितिमा फिल्म घामड सेरे पनि रिलिजमा आउँने भएको थियो । तर घामड सेर अब कात्र्तिक २२ गतेबाट प्रदर्शनमा आउँने छ । फिल्मले सोलो प्रदर्शनको मौका पाएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा,आकाश श्रेष्ठ, सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV