भोली शुक्रबारदेखि नेपाली फिल्म पोई पर्यो काले मात्र रिलिज हुने भएको छ । फिल्म घामड शेरेको टिमले कम शो पाएको भन्दै मिति परिवर्तन गरेको छ । शिशिर राणा निर्देशित फिल्म अब हिन्दी फिल्म हाउसफूल ४ सँग प्रतिस्पर्धा गर्न उत्रिएको छ ।

यो फिल्मले सुरुवातमा ६ शोज पाएको थियो । क्यूएफएक्स चेन अन्र्तगत राजधानीमा ६ पाएको यो फिल्मले घामड शेरे सरेपछि भने ८ शो पाएको छ । सिंगल हलमा यो फिल्मले अझै बढी फाइदा उठाउन सक्नेछ ।

पूजा शर्मा, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ अभिनित यो फिल्मले अनुहार भन्दा पनि मानिसको मन हेर्नुपर्छ भन्ने कथालाई उठाएको छ ।

For More videos Log on to Mazzako TV