भूवन केसी भिलेन कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । देव भुषालको कथा, पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

यो फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारको अभिनय छ । फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत यो क्षेत्रमा भित्रिदैछन् । साहिल र भूवनको टक्कर फिल्ममा हेर्न पाइनेछ ।

‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल मर्म यो फिल्मले बोकेको छ ।

For More videos Log on to Mazzako TV