शुक्रबारदेखि नयाँ २ नेपाली फिल्म रिलिज हुँदैछन् । यसैले पनि यी दुई फिल्ममा कसले राम्रो व्यापार गर्ला भन्ने चासो सबैतिर छ । राजधानीको क्यूएफएक्स चेनले फिल्म घामड शेरेलाई ६ शोज उपलब्ध गराएको छ । हेमराज वीसीको निर्देशनमा तयार भएको यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

यस्तै, शिशिर राणाको निर्देशनमा बनेको फिल्म पोई पर्यो कालेलाई राजधानीको क्यूएफएक्स चेनले ५ शोज उपलब्ध गराएको छ । यही दिनमा रिलिज हुन लागेको हिन्दी फिल्म हाउसफूल ४ ले भने २४ शोज पाएको छ । यसैले तिहारको बिदामा कुन फिल्मले बढी कमाई गर्ला भन्ने चासो सबैतिर छ ।

For More videos Log on to Mazzako TV