दया र मिरुनाको जोडी
अभिनेत्री मिरुना मगर अब अभिनेता दयाहाङ राइको जोडीको रुपमा देखिने भएकी छिन् । मिरुना नेपाली फिल्ममा हिट फिल्म नभएपनि एकपछि अर्को फिल्ममा भने व्यस्त छिन् । मिरुना अब उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको फिल्ममा काम गर्न तयार भएकी छिन् । यो फिल्ममा दया र मिरुनाले पर्दा शेयर गर्नेछन् ।

कबड्डी सिरिजका लेखक उपेन्द्र अब आफै निर्देशक बन्दैछन् । उनले बनाउन लागेको फिल्मको बिषयमा अरु केही भनिएको छैन । तर, फिल्मको छायांकन पाँचथरमा कात्तिक १४ गतेबाट सुरु हुँदैछ । फिल्म छायांकनका लागि मोफसलमा रहने भएकाले पनि उनले मंसिर ६ गतेबाट रिलिज हुन लागेको फिल्म च च हुइको प्रचार अहिले नै गरिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV







