‘बादशाह जुट’ को रोमान्टिक गीत ‘सुसाइड’ सार्वजनिक
कार्तिक १५ गते रिलिज हुने फिल्म ‘बादशाह जुट’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ‘काफल पाक्यो’ बोलको गीत र ट्रेलरले मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा फिल्मको टिमले ‘सुसाइड’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत प्रस्तुत छन् ।

सार्वजनिक गीत प्रेममा परेपछिको तनावलाई झल्काइएको छ । निर्देशक जोनी सिंह राणाको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ । स्वरमा रुपक डोटेलसँग संगीतकार क्षेत्रीले सहकार्य गरेका छन् । गीतको भिडियोमा विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । फिल्ममा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको संगीत छ ।
निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा रहेको फिल्ममा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा हर्क बहादुर कुँवर पिटर र भोजराज श्रेष्ठ मिक्की ले लगानी गरेका छन् ।








