नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’ अब ठुलो पर्दामा आउँने भएको छ । यहि ब्राण्ड र यहि नाममा अव बन्ने पक्का भएको हो । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै यसको औपचारिक गरियो । सन्तोष पन्तका छोरा साकार पन्तले यो फिल्मलाई निर्देशन गर्नेछन् ।

विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपनाका वरपर फिल्म घुम्ने छ । फिल्मको तिहारपछि छायांकन सुरु हुनेछ । सन्तोष सन्त र साकार पन्तको कथा रहने फिल्ममा सन्दीप किस्नाको पटकथा रहने छ ।

फिल्ममा सन्तोष र रमाको साथमा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV