सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायांकन सम्पन्न भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको १ महिनामा छायांकन सकिएको हो । एउटा गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको छ ।

फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । भने, डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह(निर्मातामा फूर्पा लामा रहेका छन् ।

For More videos Log on to Mazzako TV