केकी र ऋचा यतिबेला टेलिभिजनमा कमेडी च्याम्पिएन भन्ने एउटा शो आइरहेको छ । यो रियालिटी शोमा तीन अभिनेत्री जोडिएका छन् । फिल्मको होस्ट अभिनेत्री रीमा विश्वकर्मा हुन् । फिल्मको निर्णायकमा एक ऋचा शर्मा छिन् । फिल्मको निर्मात्री केकी अधिकारी हुन् ।

यी तिनै जनाले फिल्म कोहलपुर एक्सप्रेसमा काम गरेका थिए । फिल्ममा रीमा एउटा आइटम गीतमा थिइन् भने केकी र ऋचा मुख्य भूमिकामा । अब, अर्को फिल्म बन्दैछ । साकार पन्तको निर्देशनमा बन्न लागेको फिल्म हो, हिजो आजका कुरा । यो फिल्ममा रीमा, केकी र ऋचा नै छन् । तिनै जना फिल्मको मुख्य भूमिकामा छन् ।

ऋचा, केकी र रीमाको मित्रता बलियो बनेको छ । यसमा उनीहरु अब सानो र ठूलो पर्दामा एकसाथ कुनै न कुनै तरिकाले जोडिन थालेका पनि छन् ।

For More videos Log on to Mazzako TV