अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म धुपौरेका लागि अभिनेत्री खोज्ने क्रम सुरु भएको छ । यो फिल्मका लागि नयाँ अनुहार नै खोज्ने तयारी निर्माणपक्षको छ । यसैले अहिले यो फिल्मका लागि अभिनेत्रीको अडिसन सुरु भएको छ ।

आजबाट राजधानीमा फिल्मका लागि अभिनेत्रीको अडिसन सुरु भएको हो । निर्माणपक्षले अभिनेत्रीको भूमिका के हुने भन्ने बिषयमा केही पनि खुलाएको छैन । तर, अभिनेत्रीका लागि खोलिएको अडिसनमा यूवतीहरुको उपस्थिती रामं्रो रहेको वुझिएको छ । यो फिल्ममा अभिनेता अनमोल केसी जुवाडेको भूमिकामा देखिदैछन् ।

अनमोल आफैले पनि फिल्म आफ्ना लागि चुनौतीपूर्ण रहेको बताएका छन् । फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV