नेपाली फिल्मको व्यापार वास्तविक भन्दा झुटो बढी सार्वजनिक हुने गरेको गुनासो भैरहन्छ । फिल्म बनाउनेहरु प्रचारका लागि झुटो आँकडा प्रस्तुत गर्ने गर्छन् । मिडियामा पनि यही कुरा नै सार्वजनिक हुने गरेको छ ।

निर्देशक निश्चल बस्नेत फिल्मको गलत आँकडा सार्वजनिक हुनुमा मिडिया दोषी रहेको बताउँछन् । निर्माताले जती व्यापार गरेको छ, त्यती नै भन्न नहुने निश्चलको भनाई छ ।
निश्चलले मिडियाले फिल्मको व्यापार बारे क्रस चेक गर्नुपर्ने बताए ।

पत्रकारले सोधेको झुटो रिपोर्टको बिषयमा बोल्दै निश्चलले आफूहरुले संचारमाध्यम नै हेरेर खबर थाहा पाउने गरेको बताए ।
पत्रकारले जती भन्यो त्यती लेख्न भन्दा पनि क्रस चेक गर्न आवश्यक रहेको बताए । ७० लाख कमाएको फिल्मको रिपोर्ट डेढ लाख भनेर आउने गरेको भन्दै उनले मिडियालाई वुझेर लेख्नका लागि आग्रह गरे ।

For More videos Log on to Mazzako TV