शुक्रबारदेखि रिलिजमा आएको फिल्म छ माया छपक्कैको व्यापार आक्रामक छ । आइतबार र सोमबार पनि फिल्मको व्यापारमा खासै गिरावट आएको छैन । यसपटक, सिनेमाको व्यापार राजधानी र राजधानी बाहिर उस्तै छ । फिल्मले राजधानी बाहिर मात्रै ४ दिनमा ३ करोड ७ लाखको व्यापार गरेको छ ।

चितवनमा मात्र फिल्मको व्यापार ४ दिनमा ५० लाख भन्दा बढी छ । राजधानीमा पनि फिल्मको व्यापार बलियो छ । ४ दिनमा फिल्मले ३ करोडको व्यापार राजधानीमा गरेको छ । ४ दिनमै फिल्मले नेपालभरबाट ६ करोडको ग्रस कलेकशन गरेको छ ।

फिल्मले एक सातामा ७ करोड भन्दा बढीको ग्रस कलेक्शन गर्ने पक्का देखिएको छ । दिपेन्द्र लामा निर्देशित यो फिल्मले पानीमा हुने राजधानी र प्रेमको कथालाई देखाएको छ ।

For More videos Log on to Mazzako TV